सेतो मच्छिन्द्रनाथका लागि भारतद्वारा २४ किलोग्राम चाँदी हस्तान्तरण

 चैत ६, २०८१ बुधबार १५:४०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – काठमाण्डाैको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । आज बिहान भारतको तर्फबाट नेपालमा रहेको भारतीय दूतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो ।

२०७२ सालमा भूकम्पले क्षति पुर्‍याएको सेतो मच्छिन्द्रनाथको मन्दिर पुरातत्त्व विभागबाट स्वीकृति भएर भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । मन्दिर पुनर्निर्माणकाे काम २०७७ साल माघ २९ गतेदेखि भइरहेको छ । अहिलेसम्मको मन्दिरको भौतिक प्रगति ७५ प्रतिशत रहेको र वित्तीय प्रगति ४२ प्रतिशत रहेको छ ।

तत्कालीन समयमा लागत अनुमान गर्दा चाँदीको आसनलगायतका कार्यहरू समावेश नभएकाले चाँदीको आसन राख्नका लागि २ सय ४ किलोग्राम चाँदी दानबाट सङ्कलन भएको हो ।

चाँदीका लागि भारत सरकारबाट ३९ लाख १० हजार रुपैयाँ बराबरको रकम स्वीकृत भएको थियो । अब चाँदीको आसनको बुट्टा कुँदेर मन्दिरमा राख्ने प्रक्रिया अघि बढाइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया