नेपालगञ्ज–गुलरिया हुलाकी सडकको काम ९५ प्रतिशत सकियाे

 चैत ६, २०८१ बुधबार १५:१७:५७ | रासस
unn.prixa.net

अर्जुन सुवेदीकाे फेसबुकबाट

बर्दिया – राष्ट्रिय गौरवको आयोजनाकाे हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा अहिलेसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल क्षेत्रबाट शुरू भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो ।

२०७० साल माघ १५ गतेदेखि निर्माण शुरू भएको सडक खण्डको गुलरिया नगरपालिका–११ लालपुर चोकसम्म कालोपत्र पूरा भएको आयोजना कार्यालयका इन्जिनियर युवराज तिमिल्सिनाले बताउनुभयो । इन्जिनियर तिमिल्सिनाका अनुसार यही चैत २५ गतेभित्र सम्पूर्ण खण्डमा कालोपत्र सम्पन्न गर्ने योजना छ ।

निर्माण कम्पनीले दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा ठेक्का लिएको थियो । आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले आउँदो मङ्सिर २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि कम्पनीले तीव्र गतिमा काम गरिरहेकाले निर्धारित समयभन्दा अघि काम सम्पन्न हुने सम्भावना देखिएको बताउनुभयो ।

नेपालगञ्ज–गुलरिया हुलाकी सडकको कुल लम्बाइ २७ दशमलव ६ किलोमिटर रहेको छ । जसमध्ये ११ दशमलव ६ किमी चार लेनमा निर्माण गरिएको सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो । सडक सम्पन्न भएसँगै नेपालगञ्ज–गुलरिया यात्रा छिटो, सहज र सुरक्षित हुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया