प्रधानमन्त्री कप क्रिकेटमा आर्मीकाे पहिलाे हार, मधेशसँग ३ विकेटले पराजित

 चैत ६, २०८१ बुधबार १८:८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएकाे छ ।

आर्मीले दिएको २ सय १८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर १२ बलअघि भेटायो । मधेशका कप्तान अनिल शाहले ४५, रुपेश सिंहले ३८ रन बनाए । आर्मीका नरेन साउदले ३ विकेट लिए ।

यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो । आर्मीका भीम सार्कीले ८९ रन बनाए । मधेशका रुपेश सिंह, कमल गुप्ता र पवन सर्राफले २/२ विकेट लिए । प्रतियोगितामा आर्मीको यो ६ खेलमा पहिलो हार हो भने मधेशको ५ खेलमा दोस्रो जीत हो ।

अन्तिम अपडेट: चैत ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया