भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डाै – फागुन महिनामा गाडी दुर्घटनामा परेर देशभर दुई सय एक जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनमा चार हजार दुई सय ८९ वटा गाडी दुर्घटना हुँदा दुई सय एक जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा एक सय ५३ पुरुष, ३३ महिला, १० बालक र पाँच जना बालिका छन् । फागुनमा गाडी दुर्घटनामा ६ सय ३६ जना गम्भीर घाइते भएका छन् । यस्तै तीन हजार चार सय ६६ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
फागुन महिनामा सबैभन्दा धेरै २ हजार ४ सय २३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी आठ सय नौ, बस एक सय ८६, टेम्पो दुई सय ६ वटा दुर्घटनामा परेका छन् । २ सय ५८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ । सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।
गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले फागुन महिनामा एक लाख १६ हजार दुई सय ३१ जना चालकलाई कारबाही गरेर नौ करोड ५० लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।