इलाम र बझाङमा आज उपचुनाव : मतदानमा सहभागी हुन आयोगको अपिल
बैशाख १५, २०८१ शनिबार
सप्तरी – एक जना महिलालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका १२ का वडाध्यक्षलाई पक्राउ गरेको छ ।
वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले बताउनु भयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान साहलाई पक्राउ गरिएको हो ।
स्थानीय एक महिलाले आफूलाई जबर्जस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको डीएसपी भारतीले बताउनुभयो ।