कलाकार दीपक क्षेत्रीको निधन

 मंसिर २८, २०७६ शनिबार २२:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कलाकार दीपक क्षेत्रीको शनिबार  निधन भएको छ ।

काठमाण्डौको कालिकास्थानस्थित घरमा सुतिरहेको अवस्थामा क्षेत्री मृत अवस्थामा फेला परेको चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो ।

क्षेत्रीको शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ ।

उहाँ नेपाली चलचित्रमा खलनायकका रुपमा अभिनय गर्नुहुन्थ्यो । उहाँले दर्जनौँ चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले 'जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा अभिनय गर्नु भएको छ ।

उहाँ लामो समयपछि 'छ माया छपक्कै' मार्फत कलाकारितामा फर्किनु भएको थियो ।

क्षेत्रीकी पत्नी विपना बस्नेत विदेश रहेकाले उहाँ आएपछि मात्रै अन्त्येष्टि गरिने जनाइएको छ । उहाँ श्वासप्रश्वासको समस्यामा रहेका क्षेत्रीको श्वरनलीमा मासु पलाएका कारण शल्यक्रियासमेत गरिएको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया