मंगलबार सबै विदेशी मुद्राको भाउ बढ्यो

 पुस १, २०७६ मंगलबार ११:०:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार सबै विदेशी मुद्राको भाउ बढेको छ । 

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकिएको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४ पैसा रहेको थियो । 

यस्तै ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ०५ पैसा रहेको छ । हिजो खरिदर २९६ रुपैयाँ ६१ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा तोकेको छ । हिजो सोमबार खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा तोकेको छ । हिजो सोमबार खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा थियो । 

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३२ पैसा तोकेको छ । हिजो यसको खरिददर ३७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५६ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा थियो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया