असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ - बिहीबार देशभित्र र देश बाहिरका केही घटनाले धेरैको ध्यान तानेको छ । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामै राखेर मुद्धाको अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ । उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि महरा कारागारमै बस्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको नियमित डायलासिस भएको छ ।
सरकारले सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी बल तैनाथ गर्ने भएको छ । उदयपुरको उदयपुरगढी जरुवामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । त्रिभुवन विश्वविद्यालयले ४५ औं दिक्षान्त समारोह मनाएको छ ।
नागरिकता संशोधन विधेयक (सीएए)को विरोधमा भारतका विभिन्न राज्यमा विरोध प्रदर्शन भएको छ । अनि अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित भएको छ ।
यस्तै इटालियन सिरी ए अन्तर्गत युभेन्टसले साम्पादोरियाविरुद्ध २–१ को जित निकाल्दा सबैभन्दा धेरै चर्चा क्रिस्टियानो रोनाल्डोको भयो । कारण थियो रोनाल्डोले गरेको जम्प र होल्ड । कुनै सिनेमामा स्लोमोसनमा राखिएको सट जस्तो थियो, उनको त्यो हेडिङ ।
बिहीबार दिनभरका मुख्य खबर हेर्नुहोस् :
दार्चुलाकाे व्यास क्षेत्रमा बन्ने भयाे सशस्त्र प्रहरीकाे सुरक्षा पाेस्ट
उच्च अदालत पाटनद्वारा महरालाई छाेड्न अस्वीकार
उदयपुर जीप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या चार पुग्याे, सबै एकै गाउँका
तस्बिरमा त्रिविकाे ४५औँ दीक्षान्त समाराेह
दीक्षान्तमा पदक पाउने विद्यार्थी भन्छन् : देशमै सेवा गर्ने हाे
विकास खर्च नभएपछि अर्थ मन्त्रालयलाई छटपटी : ६ गतेदेखि बृहत छलफल हुने
पेप्सी उत्पादक वरुण बेभरेजलाई ६५ करोडकाे नक्कली भ्याट बिल मुद्दा
‘निजी क्षेत्रले विद्युतीय उपकरण उत्पादन गरे सरकारले सहयोग गर्छ’
नेपाली भाषा र गाउँ नै बिर्सिसकेका सोमकुमारको परिवार भेटियो
निःशुल्क सीप सिक्ने र आफूसँग भएको सीप प्रमाणीकरण गर्ने अवसर
प्रदेशलाई भष्ट्राचारमुक्त बनाउन कठोर रुपमा प्रस्तुत भएको छु : मुख्यमन्त्री राई
जाडाेमा कोठा न्यानो पार्दै हुनुहुन्छ ? ख्याल गरौँ
गर्भको छोरा हुर्किसक्यो, श्रीमान् अझै भारतबाट फर्किएनन्
नागरिकता कानुनकाे विराेधमा भारतभर प्रदर्शन : नेता र इतिहासकार पनि हिरासतमा
डोनाल्ड ट्रम्पविरुद्धकाे महाअभियोग प्रस्ताव तल्लाे सदनबाट पारित
आईपीएल 'अक्सन' २०२० : ७३ जना खेलाडीका लागि झण्डै २०८ कराेड भारु खर्च गरिने !
राेनाल्डाेकाे त्याे 'जम्प', जुन बास्केटबलमा मात्रै देख्न पाइन्छ !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।