लमजुङमा माटोको ढिस्काेले पुरिँदा ६ जना घाइते

 पुस ९, २०७६ बुधबार १८:१८:५५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको सुन्दरबजार नगरपालिका–६ मा माटोको ढिस्कोले पुरिँदा ६ जना घाइते भएका छन् ।

सुन्दरबजारमा रहेकाे एउटा घरको पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खस्दा कामदार चितवनका ५२ वर्षका बलबहादुर तामाङ, १८ वर्षका विष्णु चेपाङ, ४० वर्षका दीपक चेपाङ, ३५ वर्षका सुरेश चेपाङ र सल्यानका ६० वर्षका छविलाल राना र परिचय नखुलेका एकजना गरी ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय, भोटेओडारले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये उपचारका लागि एक जनालाई जिल्ला सामुदायिक अस्पताल बेसीशहर र एक जनालाई चितवन पठाइएको छ । बाँकी ४ जना घाइतेको स्थानीय कर्मदा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया