मकवानपुरमा सुमाे दुर्घटना : तीन जनाकाे ज्यान गयाे

 पुस ११, २०७६ शुक्रबार १४:१७:३८ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

हेटौंँडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएकाे छ ।

त्यस्तै दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । हेटौँडा–काठमाण्डौ छोटो दुरीको मार्गअन्तर्गत काठमाण्डौबाट चपुर आउँदै गरेको ना १ ज ३४३३ नम्बरकाे सुमो इन्द्रसरोवर गाउँपालिकाकाे ओखलडाँडा सडकबाट तल खसेकाे हाे । 

घटनामा ज्यान गुमाएकाहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया