असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ - शनिबार दिनभर नेपाली क्रिकेटका लोकप्रिय खेलाडी पारस खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चर्चामा रहे । पारस खड्काको टिम चितवन राइनोजले पोखरा प्रिमियर लिगको उपाधि जित्दा एक समर्थक मैदानमा पुगेर उनको खुट्टा ढोगे ।
पारसलाई निकै मन पराउने र आइडलजस्तै मान्ने ती समर्थकले पुरै फाइनल खेलमा चितवनको समर्थन गरेका थिए । जब चितवनले विराटनगरलाई ३२ रनले पराजित गर्यो र पारस सहित अरु खेलाडी सेलिब्रेसन गरिरहेको अवस्थामा अचानक एक युवा पारसको नजिकै गएर खुट्टा ढोगे। यो खबर पढेर र सुनेपछि सामाजिक सञ्जालमा पारसको चर्चा भैरहेको छ ।
अनि आज नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि चर्चा भैरहेको छ । केही ठाउँमा बेलाबेला बिजुली जाने समस्या छ । बिजुली जानेबित्तिकै उपभोक्ताले ‘कुलमान जानुभयो, कुलमान हराउनुभयो, कुलमानले माया मार्नुभयो’ लगायतका प्रतिक्रिया दिने गरेका छन् ।
यसबारे उज्यालोले जिज्ञासा राख्दा घिसिङले हाँस्दै भन्नुभयो, ‘पहिला तालिका नै बनाएर लोडसेडिङ हुन्थ्यो, अहिले त्यस्तो छैन, बत्ती जाँदा कुलमान जानुभयो भन्ने प्रतिक्रियालाई मैले ममाथिको भरोसाको रुपमा लिएको छु ।’
हेर्नुहोस् शनिबारको विशेष :
सामाजिक सञ्जालमा प्रश्न : कुलमान कता जानुभयो ? कुलमानकाे उत्तर- शनिबार पनि फिल्डमै छु
पाेखरा प्रिमियर लिगकाे उपाधि चितवन राइनोजलाई : विराटनगर टाइटन्स ३२ रनले पराजित
जब समर्थकले मैदानमै पारस खड्काकाे खुट्टा छाेए ...
पीपीएल : करण केसी बेस्ट बलर, ज्ञानेन्द्र बेष्ट ब्याट्सम्यान र राेहन मुस्तफा म्यान अफ दी सिरिज
देबु थापा : लड्दै पड्दै, अघि बढ्दै
वर्षमा दुईवटा नयाँ वर्ष : अझै पुगेन दिवस र उत्सव !
हिउँले खोसेको खुशी खोज्दै सगरमाथाको शीर
दश बुँदामा साझा धारणा बनाएर अघि बढ्ने सातै प्रदेशका कानुन मन्त्रीहरुको निर्णय
भुक्तानीकाे माग गर्दै माइतीघरमा उखु किसानको धर्ना
शुक्लाफाँटामा अस्ताइन् ‘रतनकली’
सोमालियाको राजधानी मोगादिशुमा कार बम विस्फोट, ७३ जनाको ज्यान गयाे
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
rajmika rai
Dec. 28, 2019, 9:03 p.m.नेपालको गाउँ गाउँमा राष्ट्रिय विद्युत प्रशारण लाइन बाट विद्युत वितरण गर्न जरुरी छ।