आज र भाेलि माैसम सफा रहने, बुधबारदेखि हिमपात र पानी पर्ने सम्भावना

 पुष १४, २०७६ सोमबार ८:२२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै – तराईमा केही दिनदेखि लागिरहेको बाक्लो कुहिरो साेमबार (आज) देखि कम हुने मौसमविद्ले बताएका छन् ।

तराईमा अहिले पनि बाक्लो कुहिरो र हुस्सु लागे पनि दिउँसोदेखि बिस्तारै कम हुँदै जाने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

मंगलबार बिहान पनि केहीबेर हुस्सु लाग्ने सम्भावना भए पनि दिउँसो खुल्ने र बेलुकातिरबाट पश्चिमी वायुको प्रभाव पर्न थाल्ने भएकाले तराईको मौसम सफा हुँदै जाने उहाँले बताउनुभयो । केही दिनदेखि घाम नलाग्दा तराईको जनजीवन प्रभावित भएको छ ।

यस्तै काठमाडौसहितका ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मंगलबार बेलुकीदेखि पश्चिमी वायुको प्रभावका कारण देशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो ।

पश्चिमी वायुको बढी प्रभाव भने बुधबारदेखि मात्रै पर्ने सम्भावना छ । यसैबीच आइतबार १ डिग्री सेल्सियस रहेको काठमाण्डाैकाे तापक्रम साेमबार बिहान १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया