यू–१९ महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले दियाे थाइल्य...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेलहरु सोमबारदेखि सुरु हुँदैछ ।
यसअघिका खेल सातदोबाटो र दशरथ रंगशालामा हुँदै आएको भए पनि चौथो चरणका सबै खेल सातदोेबाटोमा हुने भएका छन् । दशरथ रंगशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकोले चौथो चरणको सबै खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा सारिएको हो ।
यही बुधबार नयाँ वर्ष २०२० को अवसरमा भ्रमण वर्षको शुभारम्भ कार्यक्रम दशरथ रंगशालामा गरिँदैछ ।
चौथो चरणअन्तर्गत सोमबार दुई खेल हुँदैछन् । मच्छिन्द्र क्लब र न्यु रोड टिम (एनआरटी) बीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ भने मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
मच्छिन्द्र अंक तालिकाको तेस्रो स्थानमा छ भने एनआरटी छैटौं स्थानमा छ । सोमबारको खेलमा मच्छिन्द्र विजयी भए केहीबेरका लागि भए पनि शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्ने छ । एनआरटी विजयी भए तेस्रो स्थानमा उक्लने छ ।
यस्तै दिउँसो ३ बजे फ्रेण्ड्स र मनाङ मर्स्याङ्दी क्लब प्रतिस्पर्धा गर्दैछन् । जारी लिगमा मनाङ अपराजित रहको छ भने फ्रेण्ड्स क्लब पहिलो जितको खोजीमा हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।