सिद्धबाबालाई ३ लाख धराैटीमा छाड्न सुनसरी जिल्ला अदालतकाे आदेश

 पुस १४, २०७६ सोमबार १४:३९:४५ | सुमन पुरी
unn.prixa.net

सुनसरी - सिद्धबाबा अर्थात कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छोड्ने आदेश दिएको छ । बलत्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णदासलाई  जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिनु भयो ।

४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए ।  

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया