सन्दीप र करण बने सबैभन्दा धेरै विकेट लिने खेलाडी

 पुष १५, २०७६ मंगलबार ६:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अङ्ग्रेजी क्यालेण्डरअनुसार सन् २०१९ बिदा हुने संघारमा छ । सन् २०१९ को क्रिकेट क्यालेण्डरमा नेपालका दुई जना खेलाडीले ठूलो उपलब्धि हासिल गरेका छन् ।

एक वर्षको अवधिमा टी-२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपालका सन्दीप लामिछाने र करण केसी शीर्ष तीनभित्र अटेका छन् । फ्रेन्चाइज लिगहरुमा व्यस्त रहने सन्दीपले यस वर्ष २८ विकेट लिए ।

सन्दीपसँगै करणले पनि २८ विकेट लिएका छन् भने करणभन्दा नेदरल्याण्ड्सका ब्रेण्डन ग्लोभर पनि समान २८ विकेटका साथ दोस्रो स्थानमा छन् ।

'क्रिक फोटी" नामक बेवसाइटका अनुसार सन्दीपले २८ विकेट लिँदा १६ इनिङ्समा ५९ ओभर बलिङ गरेका छन् । सन्दीपले १३ दशमलव ७१ को औसतमा ६ दशमलव ५० को इकोनोमी रेटमा बलिङ गरेका थिए । शीर्ष स्थानमा रहेका सन्दीपकाे सर्वाधिक सफल बलिङ २० रन खर्चिएर ४ विकेट हो ।

दोस्रो स्थानमा नेदरल्याण्ड्सका ग्लोभरले सन्दीपभन्दा बढी इनिङ्स बलिङ गरेका छन् । उनले १९ इनिङ्समा ६५ ओभर बलिङ गर्दा ६ दशमलव ८९ को इकोनोमी रेटमा बलिङ गरेका थिए । उनको सर्वाधिक सफल बलिङ १२ रन खर्चिएर ४ विकेट हो । 

यस्तै तेस्रो स्थानमा नेपालका अलराउण्डर तथा 'संकट मोचक'को रुपमा स्थापित करण केसी छन् । करणले १९ इनिङ्समा ६५ दशमलव ५ ओभर बलिङ गरेका थिए । ७ दशमलव २३ को इकोनोमी रेटमा बलिङ गरेका करणको सर्वाधिक सफल बलिङ १७ रन खर्चिएर ४ विकेट हो ।

नेपालकै अविनाश बोहोरा १६ विकेटसहित ३५ औँ स्थानमा छन् । १३ विकेटसहित सोमपाल कामी ५३ औँ स्थानमा छन् । ललित राजबंशी १० विकेटसहित ७१ औँ स्थानमा छन् । ६ विकेट लिएका नेपाली टिमका पूर्व कप्तान पारस खड्का १२५ औं तथा ५ विकेटसहित सुशन भारी १२६ औं स्थानमा छन् ।

२–२ विकेट लिएका पवन शर्राफ र वसन्त रेग्मी तालिकाको २१९ औँ र २२० औं स्थानमा छन् । ३१३ जना खेलाडीको सूचीमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विकेटविहीन भए पनि परेका छन् ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया