काे बन्ला 'आईसीसी क्रिकेटर अफ् द इयर २०१९' ?

 पुस १५, २०७६ मंगलबार ८:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सन् २०१९ बिदा हुने संघारमा छ । हरेक वर्ष जस्तै यो वर्ष पनि अधिकांश क्रिकेट समर्थकलाई आईसीसी क्रिकेट अवार्डको चासो बढ्दो छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि आईसीसीले 'आईसीसी क्रिकेटर अफ द् इयर', 'आईसीसी मेन्स टेस्ट प्लेयर अफ् द इयर', 'आईसीसी वनडे प्लेयर अफ् द इयर' सहित अन्य श्रेणीको विजेताको घोषणा गर्ने छ । 

गएकाे वर्ष भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आईसीसीको अवार्डमा पूरै हाबी भएका थिए । यस वर्ष आईसीसी क्रिकेटर अफ द् इयरको अवार्डमा ५ खेलाडीकाे नाम सार्वजनिक भएकाे छ– 

१. विराट कोहली (भारत)

सन् २०१९ मा भारतीय टिमका कप्तान विराट कोहलीले आफ्नो ब्याटिङ र कप्तानीले सबैलाई प्रभावित बनाएका छन् । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा टिम इण्डियाले कोहलीको कप्तानीमा ८ खेल खेलेको छ र सबैमा जित हात पार्न सफल पनि भएको छ ।

८ टेस्टका ११ पारीमा कोहलीले ६१२ रन बनाएका छन् । यो वर्ष कोहलीले २ शतक तथा २ अर्धशतक पनि बनाएका छन् ।

२. बेन स्टोक्स (इंग्ल्याण्ड)

इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले समर्थकको मन जित्न सफल छन् । सन् २०१९ को विश्वकप फाइनलमा खेलेको पारी र एशेज सिरिजको तेस्रो टेस्टमा लगाएको शतक पनि उत्कृष्ट थियो ।

स्टोक्सले यो वर्ष करियरको ११ म्याच खेले । जसमा उनले ८०७ रन बनाएका थिए । स्टोक्सले १ शतक र चार अर्धशतक बनाएका थिए । बलिङतर्फ २२ विकेट पनि हात पारेका छन् । 

३. स्टिभ स्मिथ (अस्ट्रेलिया)

सन् २०१९ सुरु हुँदा स्टिभ स्मिथ सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा पर्लान् भनेर कसैले पनि साेचेका थिएनन् । अस्ट्रेलिया टिमका पूर्व कप्तान स्मिथ प्रतिबन्धका कारण सन् २०१८ मा मैदान बाहिर थिए । त्यतिबेला उनले क्रिकेटमा उत्कृष्ट 'कमब्याक' गर्ने सम्भावना कम रहेको आँकलन गरिएको थियो ।

त्यसको ठिक विपरीत स्मिथ मैदानमा फर्किए । स्मिथले एसेज सिरिजमा टिममा स्थान बनाएका थिए । त्याे सिरिजमा स्मिथ एक्लै इंग्ल्याण्डको टिममाथि भारी देखिएका थिए । स्मिथले एशेज सिरिजको पहिलो टेस्ट म्याचमा दुई पारीमै शतक बनाएर आफ्नो क्षमता देखाएका थिए । स्मिथ एशेज सिरिजमा सबैभन्दा धेरै ७७४ रन बनाउने खेलाडी पनि बनेका छन् । ८ टेस्टका १३ पारीमा स्मिथले ९६५ रन बनाएका छन् । जसमा स्मिथले ३ शतक (एक दोहोरो शतक) र चार अर्धशतक पनि छन् ।

४. मार्नस लाबुशेन (अस्ट्रेलिया)

अन्तर्राष्ट्रिय क्रिकेटमा पाएकाे मौकाको सदुपयोग गर्ने कुरामा अस्ट्रेलियाका मार्नस लाबुशेन अगाडि नै छन् । एशेज सिरिजमा स्टिभ स्मिथ घाइते भएपछि खेल्न पाएका मार्नस लाबुशेन प्रदर्शनकै बलमा टिममा स्थान बनाउन सफल भए ।

वर्ल्ड टेस्ट च्याम्पियनसिपमा १ हजारभन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान पनि बनेका छन् । यो वर्ष उनले ११ टेस्टका १७ पारीमा १ हजार १ सय ८५ रन बनाए । जसमा ३ शतक र ७ अर्धशतक पनि समावेश छ ।

५. प्याट कुमिन्स (अस्ट्रेलिया)

अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कुमिन्सले यो वर्ष उत्कृष्ट प्रदर्शन गरेका छन् । कुमिन्सले यो वर्ष क्रिकेटका तीनै फर्म्याटमा सानदार प्रदर्शन गरेका छन् । तर टेस्ट क्रिकेटमा उनको प्रदर्शन हेर्न लायक नै थियो । खतरनाक योर्कर बलिङले विपक्षी ब्याट्सम्यानलाई अप्ठेरोमा पार्ने गरेका थिए ।

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा पनि छन् । टेस्ट च्याम्पियनसिको सुरुवातदेखि अहिलेसम्म कुमिन्सले ५९ विकेट लिइसकेका छन् । उनले २०१९ मा २ पटक ५ भन्दा बढी विकेट लिइसकेका छन् भने एक पटक १० विकेट लिन पनि सफल भएका थिए । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया