ए डिभिजन लिग : संकटा र पुलिस तथा आर्मी र थ्रीस्टार प्रतिस्पर्धा गर्दै

 पुष १६, २०७६ बुधबार ९:५४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार दुई वटा खेल हुँदैछन् । दुवै खेल सातदोबाटोमा रहेकाे एन्फा मैदानमा हुने छ ।

बिहान साढे ११ बजे हुने पहिलो खेलमा संकटा क्लब र विभागीय क्लब नेपाल पुलिसले प्रतिस्पर्धा गर्दैछन् । जारी लिगमा नेपाल पुलिस र संकटाको समान चार–चार अंक रहेको छ । याे खेलमा विजयी हुने टिम पाँचौँ स्थानमा उक्लने मौका रहेको छ ।

यस्तै दिउँसो साढे ३ बजे हुने खेलमा त्रिभुवन आर्मी र थ्रीस्टार क्लब खेल्ने छन् ।  थ्रीस्टार अहिले चौथो स्थानमा छ भने आर्मी पाँचौँ स्थानमा छ । याे खेलमा थ्रीस्टार विजयी भए शीर्ष स्थानको मानाङसँग अंक बराबरी गर्ने छ ।

यता आर्मी विजयी हुँदा दोस्रो स्थानको मच्छिन्द्रसँग अंक बराबरी गर्ने छ । दुवै टिम गोलरहित बराबरीमा रोकिँदा कसैलाई पनि फाइदा हुनेछैन् । 

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया