बाजुरा जीप दुर्घटना अपडेट : ज्यान गुमाउने चार जनाकै परिचय खुल्याे

 पुस १७, २०७६ बिहिबार १७:५२:३५ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - बाजुराको हिमाली गाउँपालिका-७ मा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे चार जनाकै परिचय खुलेकाे छ ।

हिमाली गाउँपालिका-६, धु्लाचौरबाट कोल्टीका लागि छुटेको से १ ज १०६४ नम्बरको जीप कालापड भन्ने ठाउँबाट कर्णाली नदीमा खस्दा चार जनाकाे ज्यान गएकाे थियाे भने अन्य ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा बाजुराको हिमाली गाउँपालिका ६ का पवन भण्डारी, मुगुको कर्मारोडा गाउँपालिका-८ का पेमा लामा, कैलालीको पन्याल गाउँपालिका-५ का दिनेशकुमार घर्तीमगर र जीपका चालक बाजुराको जगनाथ गाउँपालिका-५ का रमेश बहादुर शाही रहेका बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंंह भाटले जानकारी दिनुभयो ।

 

दुर्घटनामा हराइरहेकी बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-४ की सुशिला विकको खोजी भैरहेको पनि डीएसपी भाटले बताउनुभयो । दुर्घटनामा घाइते भएका मुगुको कर्मारोडा गाउँपालिका-८ की गोल्चा लामा र पुन्टे लामा तथा बाजुराको बुढीनन्दा गाउँपालिका-६ की सरु विक र उहाँकी २ वर्षकी छोरीलाई उपचारका लागि कोल्टीबाट हेलिकप्टर मार्फत बाँकेको कोहलपुर लगिएको डीएसपी भाटले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत २३, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया