यू–१९ महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले दियाे थाइल्य...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - अष्ट्रेलिया र न्यूजिल्याण्डबीचको टेस्टमा घरेलु टोलीले पहिलो पारीमा ४५१ रन बनाएको छ । सिड्नीमा जारी टेस्टमा मार्नस लाबुशेनले करियरकै पहिलो दोहोरो शतक बनाए। यो नै उनको व्यक्तिगत ठूलो स्कोर पनि हो ।
लाबुशेनले पहिलो टेस्टमा १८५ रन बनाएका थिए । दोहोरो शतक बनाउने क्रममा लाबुशेनले स्टिभ स्मिथलाई टेस्टको औसतमा पनि पछाडि छाडेका छन् । स्मिथले अहिले ६२.८४ को औसतमा टेस्टमा रन बनाएका छन् भने लाबुशेनको औसत ६३.६३ छ ।
१४ औँ टेस्ट क्रिकेट खेलिरहेका लाबुशेनले अहिलेसम्म १४०० रन पनि बनाएका छन् ।
पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले तीन विकेट गुमाउँदै २८३ रन बनाएको थियो । त्यतिबेला लाबुशेनले शतक बनाएका थिए ।
टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाका लागि जो ब्रुन व्यक्तिगत १८ रन बनाएर आउट भएका थिए । डेभिड वार्नर र मार्नस लाबुशेनले अस्ट्रेलियाको पारी अघि बढाएका थिए ।
टिमको स्कोर ९५ रन हुँदा वार्नर ४५ रन बनाएर पेभेलियन फर्किए । त्यसपछि स्टिभ स्मिथ र लाबुशेनले १५६ रनको साझेदारी गर्दै अस्ट्रेलियाको स्कोर २५० रन कटाएका थिए ।
त्यसपछि स्मिथ ६३ रन बनाएर आउट भएका थिए । म्याथ्यू वेड २२ तथा ट्राभिस हेड १० रन बनाए आउट भएका थिए । त्यसपछि क्रिजमा आएका कप्तान टिम पेनसँग लाबुशेनले ७९ रनको साझेदारी गर्दै ठूलो स्कोर बनाउन मद्दत गरेका थिए ।
४१० रन हुँदा पेन व्यक्तिगत ३५ रन बनाएर आउट भए । त्यसलगत्तै ४१६ रन हुँदा लाबुशेन व्यक्तिगत दोहोरो शतकसहितकाे २१५ रन बनाएर आउट भए । त्यसपछि ४५४ रनहुँदा अष्ट्रेलियाको पुरै विकेट गुमाएको थियो । न्यूजिल्याण्डका कोलिन डी ग्राण्डहोम र निल वाग्नरले तीन तीन विकेट लिए ।
४५५ रन पछ्याउने क्रममा जवाफी ब्याटिङ थालेकाे न्यूजिल्याण्डले दाेस्राे दिनकाे सकिँदासम्म २९ ओभर खेलेर कुनै विकेट नगुमाइ ६३ रन बनाएकाे छ ।
न्यूजिल्याण्डका ओपनर टम लाथम र टम ब्लण्डल क्रमश: २६ र ३४ रन बनाएर क्रिजमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।