यू–१९ महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले दियाे थाइल्य...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – तीव्र गतिका बलर जसप्रीत बुमराह चार महिनापछि श्रीलङ्काविरुद्धको टी–२० सिरिजका लागि भारतीय क्रिकेट टिममा फर्किएका छन् । उनी यसबाट निकै खुशी छन् ।
शनिबार उनले भने, ‘म चोटपछि दुःखी थिइनँ । मैले आफ्नो शारीरिक क्षमता बढाउने कोसिस गरेँ । मैले सुरुवातमा धेरै नै क्रिकेट खेलिरहेको थिएँ । यस्तो अवस्थामा कहिले काहीँ खेलको भोक बनाइ राख्न मुश्किल हुन्छ । त्यसपछि मलाई ब्रेक मिल्यो । सबै खेलाडीलाई चाँडै नै टिममा फर्किने चाहना हुन्छ । तर यो ध्यानमा राख्नुपर्छ कि अलि हतार त भएन ?’
मैदानबाहिर बस्नु आफ्नो लागि मुश्किल नभएको र आफूलाई कहिल्यै पनि क्रिकेटको कमी नभएको बुमराहले बताए ।
‘म सधैँ किन यस्तो भयो र कसरी फेरि मैदान फर्कन सक्छु भनेर सोचिरहन्थेँ । लगातार खेलिरहँदा पनि शारीरिक क्षमता कमजोर हुन्छ र फिटनेसको स्तर पनि कम हुन्छ । अहिले म धेरै टाढा होइन मात्र एक खेलको बारेमा सोचिरहेको छु’, उनले भने ।
यस्ताे छ भारतीय टिम–
शिखर धवन, लाेकेश राहुल, विराट काेहली (कप्तान), श्रेयस अय्यर, रिषभ पन्त (विकेटकीपर), शिवम् दुबे, रवीन्द्र जडेजा, वाशिङ्टन सुन्दर, कुलदीप यादव, नवदीप सैनी, जसप्रीत बुमराह, मनिष पाण्डे, युजवेन्द्र चाहल, सन्जु सामसन र शार्दुल ठाकुर ।
यस्ताे छ श्रीलङ्काली टिम–
लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अविष्का फर्नान्डो, एन्जेलो म्याथ्युज, दसुन शनाका, कुशल परेरा, निरोशन डिकवेल्ला (विकेटकीपर), धनञ्जय डी सिल्भा, इसुरु उदाना, भनुका राजापक्ष, ओशादा फर्नान्डो, वनिन्दु हसरङ्गा, कसुन रजिता, लाहिरू कुमारा, कुसल मेन्डिस र लक्षन सन्दाकन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।