श्रमिकसँग बढी रकम लिने चार म्यानपावरबाट एक महिनामा १४ लाख रुपैयाँ जफत

 पुस २३, २०७६ बुधबार १४:५९:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले एक महिनाको अवधिमा चार वटा म्यानपावरले श्रमिकसँग अनियमित रुपमा लिएको १४ लाख १० हजार रुपैयाँ जफत गरी कारबाही अघि बढाएको छ ।

गएको महिनामा मात्रै ३१ वटा म्यानपावरको नियमित अनुगमनसँगै चार म्यानपावर कम्पनीमा आकश्मिक अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । शून्य लागतमा श्रम समझदारी भएका देश यूएई र मलेसिया जाने श्रमिकसँग बढी रकम लिने म्यानपावर कम्पनीमा विभागले आकश्मिक अनुगमन गरेको थियो ।

यस्तै विभागले गएको महिनामा ५१ वटा संस्थागत उजुरी फरफारक गरी २६ लाख २१ हजार बीग‍ो भराएको विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिनुभयो ।

विभागले ४१ वटा पूराना संस्थागत उजुरीमाथि पनि छानबिन थालेको छ । साथै, २०७२ सालभन्दा पुराना संस्थागततर्फका उजुरीकर्तालाई पनि विभागमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ ।

३४ वटा मुद्दामा २ करोड ३ लाख रुपैयाँ बीगो दावीसहति विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया