पशुपति क्षेत्रमा स्वीकृतिबिना राखिएका पूजा सामग्री लगायतका पसल हटाइने

 माघ २, २०७६ बिहीबार ९:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पशुपति क्षेत्रका विभिन्न ठाउँमा स्वीकृतिबिना राखिएका पूजा सामग्रीलगायतका पसल हटाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना निकालेर एक हप्ताभित्र पशुपति क्षेत्रका वनकाली, भकुण्डोल, मृगस्थली, कैलाश डाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसल हटाउन निर्देशन दिएको छ ।

स्वीकृति नलिइ राखिएका पसलले पशुपति क्षेत्र आउने पर्यटकलाई असहज भएको, पवित्र धार्मिकस्थलको सौन्दर्यमा कमी आएकाले हटाउन निर्देश गरिएको कोषले जनाएको छ ।

पञ्चदेव पछाडिका २६ पसलले मात्र स्वीकृति लिए पनि झण्डै दुई सय पसल टहरामा सञ्चालन गरिएको छ । जसले तीर्थयात्री एवं पर्यटकलाई हिँडडुलमा असजिलो भएको कोषले जनाएको छ ।

यसैबीच कोषले पर्यटकलाई आकर्षित गर्न अब हरेक महिनाको पहिलो दिन सङ्गीत सन्ध्या आयोजना गर्ने भएको छ । सङ्गीत सन्ध्याका माध्यमबाट नेपालको मौलिक संस्कृति पर्यटकलाई जानकारी गराउने लक्षय रहेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिनु भयो । 

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया