मौसम : पश्चिमी वायु कमजोर, मौसम खुल्दै

विमानस्थलमा उडान र अवतरण सुरु

 माघ ४, २०७६ शनिबार १२:१४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरकै मौसम अहिले खुल्दै गएको छ ।

केही ठाउँमा अहिले घाम पनि लागेको र धेरैजसो ठाउँमा बिहान लागेको बाक्लो कुहिरो हट्दै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार धेरै ठाउँमा वर्षा र हिमपात गराएको पश्चिमी वायु कमजोर हुँदै गएकाले मौसम खुल्दै गएको हो ।

अहिले मौसम खुल्दै गए पनि बेलुकीतिर मध्य र पश्चिमको केही ठाउँमा हल्का पानी पर्ने संभावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । विशेषगरी रोल्पा रुकुमतिर पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान रोकिएको उडान र अवतरण अहिले भइरहेको छ । कुहिरो लागेर भिजिबिलिटी कम भएसँगै बिहानअवरुद्ध भएकाले उडान र अवतरण अहिले भइरहे पनि आज दिनभर नै तालिका भने प्रभावित हुने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १४, २०७६

तपाईको प्रतिक्रिया