धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
कास्की - गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङ्गेका नामले चिनिने राजिव गुरुङले ठगलाई झापड हानेर ठिक ठाउँमा ल्याउनुपर्ने तर्क दिनुभएको छ ।मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कपको उद्घाटन खेल अगाडि सांसद गुरुङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हान्नुभएको थियो ।
सांसद गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर एन्फा कास्कीका अध्यक्षमाथि भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ । ठगेको कारण झापड हानेको उहाँको भनाइ छ ।
झापड हानेर ठीक गरे भन्न खोज्नु भएको हो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘मलाई एकदमै राम्रो लागेको छ । तपाईँलाई नराम्रो लागेको छ भने लेख्नुस्। के भ्रष्टचारीलाई झापड नहानेर माला लगाइदिउँ ?’
उहाँले मनाङबाट आएका १८ जना खेलाडीलाई अलपत्र पारेपछि झापड हानेको बताउनुभयो । मनाङबाट मुख्यमन्त्री कप खेल्न आएका खेलाडीलाई मिलन र एन्फाले अलपत्र पारेको उहाँको जिकिर थियो ।
उहाँले एन्फा अध्यक्ष कर्मा छिरिङलाई सम्झिँदै भन्नुभयो, ‘झापड हान्न मन त कर्मालाई थियो बीचमा मिलन आइपुग्नुभयाे,अहिले त रिस मरिसक्यो किन हान्नु'?’
अध्यक्ष गुरुङले भने कुटपिट तथा दुर्व्यवहार भएको भन्दै सांसद गुरुङविरुद्ध कास्की प्रहरीमा उजुरी दर्ता गराउनु भएकाे छ ।
त्यसबारे सांसद गुरुङले भन्नुभयो, ‘जाहेरी हालेर केही हुँदैन । म पनि हाल्दिन्छु ५० वटा ठगी गरेको जाहेरी के भयो र !’
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।