असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – शनिबार काठमाण्डौका विभिन्न ठाउँमा ९ घण्टा बत्ती जाने भएको छ ।
चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा बत्ती जाने भएको हो ।
बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती शट डाउन हुने लिमिटेडले जनाएको छ । यस फिडर अन्तर्गत बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंँगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको छ ।
काम निर्धारित समय अवागै सकिएको खण्डमा भने ४ बजेभन्दा अगाडि नै बत्ती आउनसक्ने लिमिटेडले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।