मलामी गएर फर्किने क्रममै दुई पक्षबीच झडप, दुई घाइते

 साउन ७, २०७५ सोमबार १६:४१:३ | डीबी बिष्ट

बझाङ - मलामी गएर घर फर्कने क्रममा दुई पक्षबीच आपसमा झडप हुँदा खप्तड छान्ना गाँउपालिकाका वडा नम्बर ६ वडाध्यक्षसहित २ जना घाइते भएका छन् । 

शनिबार खप्तड छान्ना गाँउपालिका –६, बयानामा सुख्खा पहिरोमा परि एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु भएको थियो । मृत्यु भएका चारै जनाको आइतबार सामूहिक दाहसंस्कार गरेर घर फर्कने क्रममा नरेन्द्र खड्काका आफन्त र भवन खड्काका आफन्तबीच एक आपसमा झडप हुँदा भवन खड्काको टाउको ८ वटा टाँका लगाउनु परेको छ । 

यस्तै बीचमा छुट्याउन खोज्ने वडाध्यक्षको दाँया हातमा खुकुरी लाग्दा  ५ टाँका लागाइएको वडाध्यक्ष तिलककुमार खड्काले बताउनुभयो । 

मलामी गएर घर फर्कने क्रममा नरेन्द्र खड्काको घर नजिकै पुग्दा खड्काले एक्कासि भवन खड्कालाई खुकुरी प्रहार गर्दा घटना घट्न गएको वडाध्यक्ष खड्काको भनाई छ । पुरानो रिसिइबीका कारण पहिले पनि नरेन्द्र खड्काकाको परिवारले भवन खड्काको परिवारलाई धम्काउने, मार्नेसम्मको धम्की दिने गरेको भवन खड्काले बताउनुभयो । घाइते भवन खड्काका अनुसार नरेन्द्र खड्काले सानो–सानो कुरामा पनि निहुँ खोज्ने गरेको बताउनुभयो । 

बाटोमा हिँडिरहेको समयमा एक्कासि आफूमाथि खुकुरी प्रहार गरेको उहाँको भनाई छ । नरेन्द्रको पक्षमा आफूलाई कुट्नका लागि उहाँका आफन्त ज्ञानेन्द्र खड्का, ध्रुव खड्का समेत आएको उहाँको भनाई छ । 

नरेन्द्र खड्काका आफन्तहरुले भने बाटोमा हिँडेकालाई त्यत्तिकै कसैले पनि आक्रमण नगर्ने र आइलागेपछि आफूहरु पनि जाइलागेको बताएका छन् । घरमा महिलाहरु भएको समयमा गालीगलौज गरेको र आफूलाई आक्रमण गर्न खोजेपछि आफ्नो ज्यानको रक्षाका लागि आफूहरुले आक्रमण गरेको उनीहरुले बताएका छन् । 

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घाइेते भवन खड्कालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने काम भैरहेको वडाध्यक्ष तिलक खड्काले बताउनुभएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले घटनाको अनुसन्धानपछि मात्रै थप विवरण आउने बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया