ललिता निवासभित्रको जग्गा हिनामिना भएको ठहर : सीआईबीले बुझायो प्रतिवेदन

 माघ १७, २०७६ शुक्रबार १९:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना भएको ठहर गरेको छ । 

झण्डै १ वर्ष लगाएर गरिएको अनुसन्धानबाट सरकारी जग्गा हिनामिना भएको देखिएको हो । कारबाहीका लागि सिफारिससहित प्रतिवेदन गृहमन्त्रालयमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । 

२०७५ साल फागुन २८ गते बसेको मन्त्रिपरिषद्काे बैठकले सरकारी जग्गा हिनामिनाका विषयमा छानबिन गर्न ब्यूरोलाई जिम्मा दिएको थियो । ब्यूरोले अनुसन्धानको प्रतिवेदन शुक्रबार गृहमन्त्रालयलाई बुझाएको हो । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया