जीपको ठक्करबाट घाइते भएका बालकको ज्यान गयो

 माघ २०, २०७६ सोमबार ६:४९:१२ | अमर सुनार
unn.prixa.net

दैलेख - सडकमा खेल्दै गरेको बेला जीपले ठक्कर दिँदा घाइते भएका बालकको ज्यान गएको छ । भैरवी गाउँपालिका २ रावतकोटका झक्कड थापाका ४ वर्षीय छोरा प्रकाश थापाको आइतबार राति ज्यान गएको हाे । 

लु १ च ६२९२ नम्बरको जीपले बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो  ।

जीपको ठक्करले घाइते भएका बालकलाई उपचारका लागि दैलेख अस्पताल लगिएकाे थियो । उपचारका क्रममा बालकको ज्यान गएको प्रहरीले जनाएकाे छ । जीप चालक बलबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया