रापती खोला उत्खनन् गर्ने एक्स्क्याभेटर र टिप्पर नियन्त्रणमा

 माघ २१, २०७६ मंगलबार १६:२९:२६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौँडाको बाइपास सडक निर्माण गर्ने नाममा अवैध तरिकाले रापती खोला उत्खनन् गर्ने एउटा एक्स्क्याभेटर र दुई वटा टिपरलाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोलमा रहेकाे रापती खोलामा एक महिना अघिदेखि बाइपास सडक निर्माण गर्न ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरेको भन्दै चौकिटोलकै क्रसर उद्योगमा डम्पिङ गर्ने, बाहिर पनि बिक्री गर्ने र खोला दोहन गर्ने काम निरन्तर रुपमा नरोकिएपछि मंगलबार नियन्त्रणमा लिइएको मकवामनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिनुभयो । 

जिल्ला अनुगमन समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा आज अवैध रुपमा सञ्चालन गरिएका क्रसर उद्योग, वालुवा प्लान्ट, खोला उत्खनन्को क्षेत्रको अनुगमन गरिएको हो । 

बाइपास सडक निर्माण गर्ने नाममा आईईई नगरेको ठाउँमा समेत खोला उत्खनन् गरेर टिपरमा बाहिर लगेको देखेपछि बा १ क ८०९९ नम्बरको एक्स्याभेटर र दुई वटा टिपर नियन्त्रणमा लिइएको हो । टोलीले ना ७ ख ३८३७ नम्बर र ना ७ ख ६०३८ नम्बरको दुई वटा टिपर समेत नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय मकवानपुरको हाताभित्र राखिएको डिभिजन वनका प्रमुख इमनाथ पौडेलले बताउनुभयो । 

बाइपास सडक निर्माण गर्ने नाममा दोहन

कुनैपनि खोला उत्खनने गर्दा वातावरणीय प्रभाव मुल्याङकन (आईईई) गर्नुपर्छ । रापती खोलाका ठाउँठाउँमा आईईई पनि गरिएको छ । तर, बाइपास सडक निर्माण गर्ने नाममा चौकिटोलकै नजिकैको क्रसर उद्योगमा ग्राभेल थुपार्ने, बाहिर बिक्री गर्ने गरिदै आएको थियो ।

यो सडकमा धेरै पटक अनुगमन पनि भएकै हुन् । तर, अवैध रुपमा उत्खखन् गरिएका विषयमा कसैले पनि ध्यान दिएका थिएनन् । आज भने अनुगमनका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल, सशस्त्र प्रहरी, जनपथ प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय लगायतकाको टोलीले खोला उत्खनन् गरेर अन्यत्र विक्री गरेको भेटीएपछी एक्साभेटर र टिफर नियन्त्रणमा लिएको हो । 

बाइपास सडक निर्माण गर्दाको ग्राभेलको कर तिरिएन

बाइपास सडक निर्माण गर्दा रापती खोलामा उत्खनन् गरेर सडकमा हालिएको छ । बाहिर बिक्री गर्ने देखिलीएर क्रसर उद्योगमा समेत हालिएको छ । तर, त्यसको कर नतिरेको भन्दै हेटौँडा उपमहानगरपालिकाले ताकेता गरेको छ । सडक निर्माण कम्पनीलाई पत्रसमेत पठाएको छ । तैपनि प्रदेश सरकाररको आडमा कर समेत  तिरिएको छैन ।

सडकमा हालिएका हजारौ टिप ग्राभेलको मुख्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको सडक कार्यालयसंग लिने, तर, उपमहानगरपालिकालाई ग्राभेलको कर समेत नतिरेको पाइएको छ ।  

बाइपास सडक निर्माण गर्दा निस्किएका ढुंङ्गा क्रसरको कि सरकारको ?

हेटौँडाको बाइपास सडक निर्माणका क्रममा उत्खखन् गर्दा निस्किएका ढुङ्गा नजिकैको क्रसर उद्योगको प्राङ्गणमा थुपारिएको छ । सयौँ टिप थुपारिएका ढुङ्गा सरकारको कामका लागि खोला उत्खनन् गरेकाले स्थानीय सरकार वा प्रदेश सरकारको हुन्छ ।

तर, सडक निर्माण गर्ने नाममा हेटौँडाको चौकीटोलका क्रसर उद्योगमा थुपारिएका ढुङ्गा कसरको भनेर टुङ्गो लगाएको देखिँदैन । ढुङ्गा त्यसै थुपारिएको छ । त्यसको कर हेटौँडा उपमहानगरपालिकाले लिनुपर्छ । यहाँको ढुङ्गा बिक्रीबाटनै सरकारले एक करोडभन्दा बढी राजस्व संकलन गर्न सक्छ । तर, त्यसमा ध्यान दिइएको छैन । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया