ललितपुरमा भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण
बैशाख ७, २०८१ शुक्रबार
बाजुरा – बाजुराकाे रुघाखोकी र ज्वरो प्रभावित क्षेत्रमा बिरामीकाे उपचार थालिएको छ । बुधबार औषधिसहित पुगेको डाक्टरको टोलीले एक दिनमै ३ सय १५ जनाको उपचार गरेको छ ।
डाक्टरकाे टोलीले हिमाली गाउँपालिकामा दुई सय ५० जना र स्वामीकार्तिक खापार गाउँपालिकामा ३५ जना बिरामीको उपचार गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
चिसोका कारण बाजुराका अरु ठाउँमा पनि भाइरल ज्वरोका बिरामी बढिरहेका स्वास्थ्यकर्मीले बताएका छन् । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपाने प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेको र जिल्लाबाट थप टोली सम्बन्धित क्षेत्रमा पठाएको जानकारी दिनुभयो ।
हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राजबहादुर भण्डारीका अनुसार मैसमी रुगाखोकी र भाइरल ज्वरो इन्फ्लुएन्जाका कारण सबैजसो गाउँले बिरामी परेका छन् ।
एक हप्तादेखि फैलिएको रुघाखोकी र ज्वरो नियन्त्रणमा नआएपछि बुधबारमात्रै स्वास्थ्य कार्यालय बाजुराले एक जना डाक्टरसहित तीन जनाको टोली प्रभावित क्षेत्रमा पठाएको थियो ।
ज्वरो र रुघाखोकी लागेका दुई जना बिरामीको भने बुधबार ज्यान गएको छ । स्वामीकार्तिक खापर गाउँपालिका १ जोरुका ९० वर्षीया दल रावल र ५५ वर्षीया प्रेमा कडाराको ज्यान गएको हो ।
बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।