आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
पाँचथर – गर्भपतन गर्न बाध्य बनाएको भन्दै पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित सात जनाविरुद्ध उजुरी परेको छ । कुम्मायक-५ की १९ वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिनुभएकाे हाे ।
गर्भपतन गर्न बाध्य पारेको आरोपमा उजुरी परेकामध्ये तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोमनराज अर्यालले वताउनुभयो । गाउँपालिकाका अध्यक्ष चेम्जोङसहित आफ्नै श्रीमान र परिवारले धम्क्याएर २१ हप्ताको गर्भ फाल्न लगाएको उजुरीमा उल्लेख छ ।
गएको पुष २६ गते गर्भपतन गर्ने समर्पित अस्पतालले सरकारबाट गर्भपतन सेवाको अनुमति समेत नलिएको पाइएको छ । किटानी जाहेरीमा परेका सबैको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
केही दिनअघि मात्रै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि घटना सार्वजनिक भएको हो । गर्भपतन गराएको कुरा कसैलाई नभन्न पालिका अध्यक्षले धम्की दिएको युवतीले बताउनु भएकाे छ । अध्यक्ष चेम्जोङ भने बुधबार काम विशेषले विराटनगर जानुभएको र दुई दिन यतादेखि सम्पर्कविहीन भएको स्थानीय बताएका छन् ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।