असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले (भोलि) मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।
३० वर्षे सेवा अवधिका कारण उहाँले अनिवार्य अवकाश पाउन लाग्नुभएको हो । उहाँ मंगलबारदेखि अनिवार्य अवकाशमा बस्ने भए पनि नयाँ आईजीपीबारे अझै टुंगो लाग्न सकेको छैन । महानिरीक्षक खनालसँगै १८ डीआईजी र तीन एआईजीले अवकाश पाउँदै छन् ।
बहालवाला आईजीपी अवकाश पाउनुअघि नै बिदामा बसेर भावी आईजीपीलाई जिम्मेवारी हस्तान्तरण गर्ने चलन भए पनि नयाँको टुंगो नलाग्दा यो सम्भव हुन सकेन ।
खनालले आफ्नो कार्यकाल बढाउने कोशिस गरेको आरोप लाग्दै आएको छ । खनाल दुई वर्षअघि २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक बन्नुभएको थियो ।
आईजीपीमा तीन डीआईजी दाबेदार
खनालपछि महानिरीक्षकमा तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु दाबेदार छन् । प्रदेश १ का ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय दाबेदार रहे पनि उनीहरुमध्ये को आईजीपी हुन्छ भन्ने टुंगो लागेको छैन ।
उनीहरूको ३० वर्षे सेवा अवधि आउँदो असारमा सकिंदैछ । तीनमध्ये पनि ज्ञवाली र लम्सालको नाम चर्चामा छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् ।
दुवै जना २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् । अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७ औंँ प्रहरी महानिरीक्षक बन्नेछन् । सरकारले सोमबार या मंगलबारसम्म नयाँ महानिरीक्षकको नाम टुंगो लगाउने तयारी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।