असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – विद्युतीय गाडीको प्रयोग बढाउन नेपाल विद्युत प्राधिकरणले सस्तो महशुलमा बिजुली दिने प्रस्ताव गरेको छ ।
विद्युत प्राधिकरणले तयार पारेर विद्युत नियमन आयोगमा पठाएको शुल्क अनुसार विद्युतीय गाडी चार्ज गर्दा न्युनतम मूल्य प्रतियुनिट ४ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।
प्राधिकरणले मौसम र समय अनुसार फरक–फरक दर निर्धारण गरेको छ । तर शुल्क तालिका विद्युत नियमत आयोगले स्वीकृत गर्न बाँकी रहेको छ ।प्राधिकरणले वैशाखदेखि मंसिरसम्म र राति ११ बजेदेखि बिहान ५ बजेसम्म विद्युतीय गाडी चार्ज गर्दा सस्तो महसुल निर्धारण गरेको छ ।
वैशाखदेखि मंसिरसम्म ३३ केभीको लाइन प्रयोग गर्नेले न्यूनतम ४ रुपैयाँ ४५ पैसादेखि ११ रुपैयाँ २० पैसा प्रतियुनिटसम्म तिर्नुपर्नेछ ।
३३ केभीका प्रयोगकर्ताले साँझ ५ देखि राति ११ बजेसम्म प्रतियुनिट ११ रुपैयाँ २० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा र बिहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ १० पैसा महसुल तिर्नुपर्नेछ ।
११ केभीका ग्राहकले साँझ ५ देखि राति ११ बजेसम्म ११ रुपैयाँ ६० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा, र बिहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ २० पैसा प्रतियुनिटका दरले महसुल तिर्नुपर्नेछ ।
यस्तै वैशाखदेखि मंसिरसम्म २ सय ४० देखि ४ सय भोल्टसम्मका ग्राहकले बेलुकी ५ देखि राती ११ बजेसम्म ११ रुपैयाँ ७० पैसा, राती ११ देखि विहान ५ बजेसम्म ५ रुपैयाँ १५ पैसा र विहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ ३० पैसा प्रतियुनिट तिर्नुपर्नेछ ।
पुसदेखि चैतसम्मको शुल्क फरक छ । पुसदेखि चैतसम्म निजी विद्युतीय सवारीलाई साँझ ५ देखि राती ११ बजेसम्म ११ रुपैयाँ २० पैसादेखि ११ रुपैयाँ ७० पैसासम्म र राती ११ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ
६० पैसादेखि ६ रुपैयाँ ९० पैसासम्म प्रतियुनिट शुल्क तोकिएको छ । सार्वजनिक रुपमा चल्ने विद्युतीय यातायातको लागि पनि सस्तो शुल्कको व्यवस्था गरिएको छ । वैशाखदेखि मंसिरसम्मको समयमा सार्वजनिक यातायात चार्ज गर्दा न्युनतम ४ रुपैयाँ ४५ पैसादेखि अधिकतम ८ रुपैयाँ ७० पैसा प्रतियुनिट महसुल तोकिएको छ ।
बेलुकी ५ देखि ११ बजेसम्म चार्ज गर्दा ८ रुपैयाँ ७० पैसा र राती ११ देखि विहान ५ बजेसम्म चार्ज गर्दा ४ रुपैयाँ ४५ पैसा प्रतियुनिट शुल्क लाग्नेछ ।
पुसदेखि चैतसम्म सार्वजनिक विद्युतीय गाडीले भने सस्तोमा बिजुली पाउनेछन् ।
पुसदेखि चैतसम्मको समयमा साँझ ५ बजेदेखि राती ११ बजेसम्म न्युनतम ८ रुपैयाँ ४० पैसादेखि ८ रुपैयाँ ७० पैसा तिर्नुपर्नेछ । राति ११ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ६० पैसादेखि ६ रुपैयाँ ९० पैसासम्म तिर्नुपर्नेछ ।
चार्जिङ स्टेशन सञ्चालकले विद्युतीय सवारी साधनलाई चार्जिङ सेवा दिएबापत अधिकतम २० प्रतिशतसम्म मुनाफा लिन पाउने प्राधिकरणले प्रस्ताव गरेर विद्युत नियमन आयोगमा पठाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।