मलेसियाले भन्यो : विदेशी सुरक्षा गार्डमा नेपालीको विकल्प छैन

 फागुन १, २०७६ बिहिबार १५:३:४७ | उज्यालो सहकर्मी

काठमाण्डौ– मलेसियाले सुरक्षा गार्डको काममा नेपाली श्रमिकको विकल्प नरहेको स्पष्ट पारेको छ ।

मलेसियाले सुरक्षा गार्डको काममा नेपाली श्रमिकको विकल्पको रुपमा पाकिस्तानी श्रमिकलाई लिन लागेको भन्ने विषयमा बुधबार मलेसियाको गृह मन्त्रालयले नेपाली श्रमिकको विकल्प नरहेको स्पष्ट पारेको हो ।

विकल्पको रुपमा स्थानीय नागरिकलाई नै सुरक्षा गार्ड सम्बन्धी तालिम दिने र उनीहरुलाई नै सुरक्षा गार्डको काममा प्रेरित गर्ने मलेसियाले जनाएको छ ।

केही समयअघि मलेसियाले नेपाली श्रमिकको विकल्पको रुपमा पाकिस्तानबाट एक लाखदेखि एक लाख ५० हजारसम्म सुरक्षा गार्ड लिने भनेर पाकिस्तानको स्थानीय पत्रिका ‘द नेशन’ले खबर प्रकाशित गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया