असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भैरहेको छ ।
महराको मुद्दामा काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा सुनुवाइ भइरहेको हो । अहिले मुद्दामा बहस चलिरहेको र बहस सकिएपछि अन्तिम फैसला हुने काठमाण्डौ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा हुनुहुन्छ । अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुने सम्भावना रहेको जिल्ला अदालत काठमाण्डौका स्रेस्तेदार आनन्दराज श्रेष्ठले बताउनुभयो ।
महराले यसअघि आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाण्डौको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिनुभएको थियो । उच्च अदालतले भने जिल्ला अदालतको फैसलालाई सदर गर्दै एक महिनाभित्र मुद्दाको टुंगो लगाउन आदेश दिएको थियो ।
महराविरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको थियो । महराविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।