प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
चितवन - चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा निकटका विद्यार्थीबीच झडप भएको छ ।
पूर्वएमाले निकट अनेरास्ववियु र पूर्व-माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीबीच झडप भएको हो । झडपमा अनेरास्ववियुका केन्द्रीय सदस्य देव पाठक घाइते हुनुभएकाे छ ।
पाठकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । नेकपाको विद्यार्थी सङ्गठन अनेरास्ववियु केन्द्रमा एकता भए पनि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भने अझै एकता भइसकेको छैन ।
रामपुरमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । रामपुरको घटनालाई लिएर पार्टी कार्यालय चितवनमा तोडफोड समेत भएको छ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।