पाँचथरमा प्रधानाध्यापकले दुर्व्यवहार गरेकाे भन्दै छात्राकाे परिवारद्वारा उजुरी

 फागुन ८, २०७६ बिहिबार १५:३८:३९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथ - पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई एक छात्रामाथि दुर्व्यवहार गरेकाे आराेप लागेकाे छ ।विद्यालयकाे कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्राले प्रधानाध्यापक मोहनप्रसाद दुलालले बुधबार दिउँसो कक्षाकोठामै दुर्व्यवहार गरेको बताएकी हुन् । 

प्रधानाध्यापकले यसअघि पनि पटक-पटक दुर्व्यवहार गर्दै आएको छात्राले बताएकी छिन् । दुलालले संवेदनशील अङ्गमा हात लगाएको भन्दै छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको हाे । 

छात्राका आफन्तहरु बिहीबार जिल्ला प्रहरी कार्यालय चौकी पुगेर प्रधानाध्यापकविरुद्ध उजुरी गरेकाे नवमीडाँडाका प्रहरी इञ्चार्ज पेलेङसिंह धिमालले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया