‘बरु प्रधानमन्त्री पद धरापमा परोस्, तर भ्रष्टहरुलाई संरक्षण गर्दिनँ’

 फागुन ८, २०७६ बिहिबार १७:५७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैको पनि मुख नहेरी एक्सन लिने बताउनुभएको छ ।

काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पदमा पुर्‍याउनुको अर्थ लुट्न छुट नभएको भन्दै आफूले भ्रष्टाचार गर्नेको मुख नहेरी कारबाही गर्ने बताउनुभयो । भ्रष्टाचारप्रतिको शून्य सहनशीलता भन्ने मात्रै कुरा नभइ काम गरेर देखाउने आफ्नो बानी रहेको प्रधानमन्त्रीको भनाइ छ । 

‘सुशासनका लागि चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन,अफ्ठ्यारा र कठिनाइ त अवश्य आउँछन्, कहिले कहिले मलाई मान्छेहरुले भन्छन्- तेरो पद धरापमा पर्ला नि भनेर,  तर मलाई पद धरापमा पर्ला भन्ने चिन्ता लाग्दैन, मैले त सिस्टम बनाउने हो ।’
 

अन्तिम अपडेट: चैत ३, २०८०

1 Comments

  • shanta kumar bohara

    Feb. 20, 2020, 11:57 p.m.

    कोरोना भाइरस को आशंका भयेकाहरुलाइ शिविरमा 14 दिन राखेर परिक्षेण गरे जस्तै भ्रष्टाचारको आरोप लागेका हरुलाइ अख्तियारको शिविरमा राखेर परिक्षेण गरि दोशी देखिये तेहिंबाटै कानुनी कठघरामा ल्याऐकार्वाही गर्ने ,निर्दोष ठहरे ससन्मान स्वागत गर्ने परम्पराको शुरुआत गर्नु पर्यो प्रधान मन्त्री ज्यु! येति गर्न सक्नु भो भने नेपाल र नेपालिकालागी हजुर उद्धारकर्ता तारणहार हुनुहुनेछ,यो देश देशवासिले हजुरलाइ युग पुरुषका रुपमा सन्मान गरि रहने छन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया