असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ - नेपालमा रहेको स्विजरल्याण्ड दूतावासले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको लागि भएको घुस प्रकरणमा दूतावासको कुनै संलग्नता नभएको जनाएको छ।
दूतावासले निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटासँग जोडिएको घुस प्रकरणमा ‘स्विस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियोबारे जानकारी नभएको जनाएको हो ।
दूतावासले विज्ञप्ति जारी गर्दै मन्त्रालय र एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग कुनै कुराकानी र छलफल नभएको पनि स्पष्ट पारेको छ ।
‘सञ्चारमन्त्रीसँग जोडिएको विषयमाथिको छलफलका लागि दूतावासले कुनै बैठकको आग्रह गरेको छैन । न त, भविष्यमा यस विषयमाथि सञ्चारमन्त्रीसँग हुने छलफल नै तोकिएको छ । दूतावासलाई प्रतिनिधि भनेर समाचारमा भनिएका व्यक्तिको लेनदेनबारे दूतावासलाई कुनै जानकारी छैन’, विज्ञप्तिमा भनिएको छ ।
दूतावासले सेक्युरिटी प्रेससम्बन्धी ‘रिपब्लिका’मा प्रकाशित समाचारको खण्डन गर्दै विज्ञप्ति जारी गरेको हो ।
बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।