विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

 फागुन ९, २०७६ शुक्रबार ९:१५:५१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका पाँचथर फाल्गुनन्द गाउँपालिका १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । 

कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक मोहनप्रसाद दुलाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोहनराज अर्यालले बताउनुभयो ।

पीडित बालिकाकी आमाले दुलाल विरुद्ध प्रहरीमा उजुरी दिएपछि दुलाललाई बिहीबार पक्राउ गरिएको हो । बुधबार प्रधानाध्यापक दुलालले संवेदनशील अङ्गमा हात लगाएको भन्दै छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको थियाे । 

दुलालले यसअघि पनि पटक/पटक दुर्व्यवहार गर्दै आएको पीडितका आफन्तले बताएका छन् ।पक्राउ परेका दुलालमाथि अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ ।

घटना सार्वजनिक भएपछि दुलालले घटनालाई मिलाउन केही स्थानीय नेतामार्फत बालिकाको परिवारलाई दबाब दिएका थिए । गाउँमा मिल्न ईन्कार गर्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिनुभएको हो ।

अन्तिम अपडेट: फागुन २३, २०७६

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया