बाजुरामा प्रहरी कार्यालय लक्षित प्रेस कुकर बम सेनाद्वारा डिस्पोज

 फागुन १०, २०७६ शनिबार १०:५८:५९ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - सदरमुकाम मार्तडीमा रहेकाे जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

शुक्रबार साँझ झोलामा बेरेर राखिएको बेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताउनु भयाे।

जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् । उक्त स्थानमा बम कसले राखेको हो यसबारे खोज तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया