चुणामणि रेग्मी 'चुमरे' लाई इञ्जा स्रष्टा सम्मान

 फागुन १८, २०७६ आइतबार १५:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - १ हजार डलरको इञ्जा स्रष्टा सम्मानबाट नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणि रेग्मी चुमरेले पाउनुभएको छ । 

यस्तै इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहले पाउनुभएको छ । दुवैजनाले ५ सय डलर पुरस्कार पाउनुभएको छ । 

नेपाली पत्रकारको अन्तराष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा भएको कार्यक्रमा उहाँहरुले पुरस्कार पाउनुभएको हो । यस्तै कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उहाँकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २ सय ४४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । 

इञ्जाले स्थापना दिवसको अवसरमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले अहिलेको राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । 

सत्ता परिर्वतन नभई व्यवस्था नै परिर्वतन भएकाले परिवर्तित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराउनुभयो । मन्त्री पोख्रेलले सञ्चार जगतलाई आलोचनात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया