घाेराहीमा एक सय आँखाका‍ बिरामीकाे नि:शुल्क शल्यक्रिया

 फागुन २१, २०७६ बुधबार ९:२९:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराही उपमहानगरपालिकाले एक सय जनाको निःशुल्क मोतियाविन्दुको  शल्यक्रिया गरेकाे गरेको छ ।

उपमहानगरपालिकाको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरका एक सय जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएकाे हाे ।

नगरका विभिन्न वडाका मोतियाविन्दुका कारण दृष्टि कमजोर भएका तर आर्थिक समस्या भएकाहरुलाई उपमहानगरले नेपाल नेत्रज्योति संघ तथा राप्ती आँखा अस्पतालसँग साझेदारी गरी शल्यक्रिया गरिएको  राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका विभिन्न वडाका ४५ जना पुरुष र ५५ जना महिलाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हाे । त्यसैबीच निःशुल्क शल्यक्रिया गरिएका बिरामीहरुलाई चश्मा र औषधीसमेत वितरण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवाल, अस्पतालका प्रशासक किरण पौडेल, नेत्ररोग विशेषज्ञ डा कौशल पोख्रेललगायतले चश्मा तथा औषधी वितरण गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया