आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
सिन्धुपाल्चोक - २०१९ की मिस वर्ल्ड टोनी एन सिंह सिन्धुपाल्चोकको हेलम्बु आइपुग्नु भएको छ । मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृङखला खतिवडासहित टोनी हेलम्बु गाउँपालिकामा पुग्नुभएको हो ।
टोनीलाई गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले स्वागत गर्नुभएको थियाे । उहाँले हेलम्बुको घोप्टेघ्याङमा निर्माण भइरहेको ग्रेट ट्रेलमा अवलोकन गर्नुभएको छ ।
हेलम्बु सोर्सिङका स्थानीयकाे जीवनस्तर उकास्नका लागि आय-आर्जन परियोजनाकाे सुरुवात गरिएकाे हाे । श्रेष्ठले गलैचा बुन्ने तान, सिन्के धुप बनाउने तालिम, इँट्टा निर्माणका लागि उपकरण र तालिम प्रदान गर्नुभएको थियो ।
अनुष्काको परियोजनाबाट सोर्सिङका ४० घरपरिवारका लागि सहयोग पुगेको स्थानीयले बताए । स्थानीयको जीवनस्तर सुधारका लागि अनुष्काको महत्वपूर्ण योगदान रहेको बताउँदै अध्यक्ष शेर्पाले मिस वर्ल्ड आउँदा पर्यटकीय क्षेत्रको प्रचारमा ठूलो योगदान मिलेको बताउनुभयो ।
टोनीले हेलम्बु क्षेत्रमा दुई घण्टा बिताउनुभएको थियाे। हेलम्बुपछि टाेनीले खतिवडाले मकवानपुर जिल्लामा सञ्चालन गर्नुभएकाे आयआर्जन कार्यक्रमको निरीक्षण गर्ने र शुक्रबार नै स्वेदश फर्कने कार्यक्रम छ ।