सेल्फी खिच्ने क्रममा नदीले बगाउँदा धनकुटामा एक युवक बेपत्ता

 फागुन २४, २०७६ शनिबार १५:१२:४७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटा नगरपालिका–९ मुलघाटमा तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर शनिबार दिउँसो एक युवक बेपत्ता भएका छन् ।

भारतको बिहार राज्यको पूर्णिया घर भइ विराटनगरमा रहेकाे नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत भारतीय नागरिक भिनित कुमार नदी किनारमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताउनुभयाे ।

बेपत्ता कुमारको उमेर खुल्न सकेको छैन । आफूसँगै अध्ययनरत साथीहरुसँग घुम्नको लागि मुलघाट आएका कुमारलाई सेल्फी खिच्ने क्रममा दिउँसो साढे बाह्र बजे नदीले बगाएको थियो ।

नदीले बगाएर बेपत्ता भएका कुमारको स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरीरहेकाे एसपी कोइरालाले बतउनुभयाे ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया