शनिबारसम्म देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

 फागुन २९, २०७६ बिहीबार ८:५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बिहीबार पश्चिमी क्षेत्रमा बादल लागेर दिउँसो केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले पश्चिमका धेरैजसो ठाउँ तथा मध्य र पूर्वका पहाडी भेगमा बादल लागेको र पश्चिमका केही ठाउँमा दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

बिहीबार बेलुकी पहाडका केही ठाउँमा हावाहुरी, चट्याङ तथा केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज मौसम खुल्ने र बादल लाग्ने क्रम चलिरहने महाशाखाको अनुमान छ ।

यस्तै शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्नुको साथै पश्चिमका धेरै ठाउँमा हावाहुरी, चट्याङ, असिना तथा पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । भोलि मध्य र पूर्वी पहाडका केही ठाउँमा पनि हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

पश्चिमी वायूको प्रभावका कारण केही दिन पश्चिमी तथा मध्य पहाडीका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सजग रहन मौसमविद्ले आग्रह गरेका छन् । आइतबारबाट भने मौसम सफा हुने महाशाखाले अनुमान गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया