विराटनगरबाट कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

 फागुन ३०, २०७६ शुक्रबार १४:१२:४६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - मोरङकोे सुनवर्सी नगरपालिका-८, हर्चनगढीबाट प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

स्थानीय महादेव मण्डलको होटलमा बसेर जाँड रक्सी खाइरहेकाे अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार राति भारत घर भएका २१ वर्षीय अजय कुमार  मण्डल, १८ वर्षीय  आनन्द मण्डल र २१ वर्षीय राकेश कुमार मण्डललाई कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।

पक्राउ गर्ने क्रममा उनीहरुले प्रयोग गरेको अनटेष्ट लेखिएको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दाहालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया