अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकामा मास्क उत्पादन सुरु

 फागुन ३०, २०७६ शुक्रबार १४:४४:१४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन सुरु गरेको  छ ।

बजारमा मास्क पाइन छाडेपछि पालिकाले  उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर व्यावसायीहरु मार्फत उत्पादन सुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयाे । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयलाई वितरण गर्न सकिने गरी तीस हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम भैरहेको उहाँले बताउनुभयाे।

‘छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा पनी यस्को जोखिम छ, यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन्, हाम्रो पालिकाले आफैँ मास्क उत्पादन गरिरहेको छ’, उहाँले भन्नुभयाे । 

पालिकाका सबै कर्मचारीहरुलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालय मार्फत स्थानीयलाई वितरण गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयाे ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पालिकाले आफैँ मास्क उत्पादनमा जोड दिएको र बजार भाउभन्दा सस्तो दरमा आफूहरुले मास्क उत्पादन गरेर वितरण गरेकाे उहाँको भनाइ छ  ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया