माैसम : चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

 चैत १, २०७६ शनिबार ७:२९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले आज शनिबार पनि देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने र उच्च हिमाली तथा पहाडी भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले अहिले पूर्वका केही ठाउँमा पानी परिरहेको छ भने काठमाण्डाैसहित मध्ये क्षेत्रको मौसम बदली भएको छ ।

पश्चिमको मौसम खुलेको छ तर केहीबेरमा काठमाण्डाैसहित मध्य र पश्चिममा घाम लागे पनि दिउँसोपछि बदली भएर चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाइ छ ।

राति पनि देशका विभिन्न ठाउँमा पानी पार्ने यो प्रणाली कमजोर भएपछि भोलि आइतबारदेखि मौसम खुल्दै जाने उहाँको अनुमान छ ।

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया