अब गर्मी बढ्दै जाने, केही दिन पानी पर्ने सम्भावना छैन

 चैत ४, २०७६ मंगलबार ७:४१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अब बिस्तारै गर्मी बढ्दै जाने मौैसमविद्ले बताएका छन् । तत्काल पानी पार्ने कुनै प्रणाली सक्रिय नदेखिएकाले अब अधिकतमसँगै न्यूनतम तापक्रम बढ्दै जाने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम भने आशिंक बदली हुने उहाँले बताउनुभयाे । यस्तै प्रिमनसुनी समय भएकाले दिउँसोपछि सामान्य हावाहुरी पनि चल्ने उहाँको भनाइ छ । बिहान मौसम खुले पनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीतिर चट्याङसहित पानी पर्नु प्रिमनसुनको विशेषता हो ।

तर अबको केही दिन पानी भर्ने पर्ने सम्भावना नरहेको मौसमविद् नगरकोटीको अनुमान छ ।  

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया